काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आज कार्तिक १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ५ करोड ७१ लाख २४ हजार रुपैयाँ बरारबो बोनश शेयर र ५ प्रतिशतले हुन आउने १ करोड ४२ लाख ८१ हजार ८ सय बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।
साथै साविक समता लघुवित्त र साविक घरेलु लघुवित्त एक आपसमा मर्ज भई गत बैशाख २ गतेबाट एकिकृत कारोबार गरेको हुँदा आयकर ऐन २०५८ को दफा ४७ क, उपदफा ५ मा भएको व्यवस्था बमोजिम यस प्रस्तावित लाभांशमा लाग्ने करको छुट हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।