IME Life
GBIME

नेप्से परिसूचक १७ अंकले घट्दा ७ अर्ब ७७ करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव ७५ अंकले घटेर २,८१९ दशमलव ८७ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, होटल्स एण्ड टुरिजम र इन्भेष्टमेन्ट उपसूचक बाहेक सबै घटेका छन् । आज ४३ वटा कम्पनीको शेयर मुल्य बढेको छ । १४४ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२६ वटा कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७७ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ३६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, आरएमडिसी लघुवित्तको ३६ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३४ करोडमाथिको शेयर कारोबार भएको छ । कामना सेवा विकास बैंकको २५ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । साहस उर्जाका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै कामना सेवा विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ७२ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS