काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले मंसिर १० गते आठौं साधारण सभा गर्ने भएको छ । कम्पनीको कार्तिक १० गतेबसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभा बुटवलमा हुने कम्पनीले जनाएको छ। सभाले १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका कात्तिक ३० गते बन्द गर्ने भएको छ ।त्यसकारण कात्तिक २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।