काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको छ । कम्पनीले पहिलो वर्ष नै आफ्ना शेयरधनीहरुलाई १० दशमलव ५२६३ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको कार्तिक १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६ /७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।