Connect IPS
IME Life

मेगा बैंकको मुनाफा ५० प्रतिशतले बढ्यो, तीन महिनामै ९१ करोड ४६ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंकको मुनाफा ५०.४७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकको मुनाफा ६० करोड ७९ लाख रुपैयाँ मात्रै थियो ।

तर खुद व्याज आम्दानी भने १३.९६ प्रतिशतले मात्रै सुधार भएको छ । बैंकले यस अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गर्न सफल भएको छ । बैंकले खराब कर्जा सल्टाए साथै अन्य आम्दानी मार्फत मुनाफा बढाएको हो ।

Prabhu
Crest

बैंकको खराब कर्जा १.०१ प्रतिशतबाट ०.८९ प्रतिशतमा झार्न सफल भएको छ । तीन महिनाको अवधिमा निक्षेप संकलन तथा कर्जा लगानी एउटै अनुपातमा छ । यस अवधिमा बैंकले एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको छ । मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी १६ रुपैयाँबाट २४ रुपैयाँ पुर्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS