Connect IPS
IME Life

नविल बैंकको मुनाफा ७.३९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ३२ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नविल बैंकको मुनाफा ७.३९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बैंकले एक अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब तीन करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

निक्षेप तथा कर्जा विस्तारमा सबैभन्दा आक्रामक देखिएको नविलको खुद व्याज आम्दानी पनि ४२.४१ प्रतिशतले सुधार भएको छ । तीन महिनामै बैंकले दुई अर्ब २४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंक निक्षेप संकलन भन्दा कर्जा विस्तार मै आक्रामक देखिएको छ । यस अवधिमा निक्षेप संकलन १.०८ प्रतिशतले मात्रै बृद्धि हुँदा कर्जा लगानी भने ४.७१ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकले २ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।

बैंकको खराव कर्जा भने बढेको छ । गत वर्ष ०.६५ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर १.१३ प्रतिशत पुगेको छ । बैंकको कष्ट अफ फण्ड बढे पनि स्प्रेडदर भने घटाएको छ । स्प्रेडदर ३.१८ प्रतिशतमा सिमित गरेको छ । प्रतिशेयर आम्दानी २९ रुपैयाँबाट बढेर ३२ रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS