काठमाडौं । हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने भएको छ । हाथवेले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको आइपिओ जारी गर्ने भएको हो । कम्पनीले अंकित मूल्य प्रति कित्ता ५० रुपैयाँका दरले २९ लाख २५ हजार कित्ता शेयरको सार्वजनिक निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
यसका लागि कार्तिक १४ गते आइतबार कम्पनी र क्यापिटलका बीच शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यलाय नक्सालमा आयोजित कार्यक्रममा हाथवे इन्भेष्टमेन्ट नेपालको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले संझौतापत्रमा हस्ताक्षर गरेका छन् ।