Connect IPS
IME Life

कृषि विकास बैंकको नाफामा समान्य सुधार, प्रतिशेयर आम्दानी १४ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कृषि विकास बैंकको मुनाफामा समान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा गत वर्षको यहि अवधिको तुलनामा ५.१८ प्रतिशतले बढेको छ । बैंकले असोज मसान्तसम्ममा ४८ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।

बैंकको खुद व्याज आम्दानीमा भने उल्ले बृद्धि भएको छ । यस्तो आर्जन २७.३० प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले एक अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब ३६ करोड रुपैयाँ मात्रै आर्जन गरेको थियो । केहि खराव कर्जा सल्टाए सँगै बैंकको यस्तो आर्जन बढेको हो । बैंकले पहिलो त्रैमाशिक अवधिमा खराब कर्जा २.२७ प्रतिशतबाट २.०८ प्रतिशतमा झारेको छ ।

Prabhu
Crest

गत वर्षको तुलनामा बैंकको निक्षेप भने घटेको छ । पहिलो त्रैमाशिक अवधिमा बैंकले एक खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ६५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । स्प्रेडदर ४.३६ प्रतिशत रहेको छ । आधार व्याजदर पनि गत वर्षको भन्दा १.४१ प्रतिशत विन्दुले घटेर ७.१२ प्रतिशतमा झार्न सफल भएको छ । तर पछिल्लो समय बैंकहरुको व्याजदर बढ्न थाले सँगै अवका दिनमा यस्तो व्याजदर बढ्दै जाने देखिन्छ । मुनाफामा समान्य सुधार भए पनि पूँजी बृद्धिले गर्दा प्रतिशेयर आम्दानी १५ रुपैयाँबाट १४ रुपैयाँमा सिमित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS