काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले २६ प्रतिशत बोनश शेयर दिने घोषणा गरेको छ । शनिवार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको २६ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको हो । संस्थाले गत वर्षको भन्दा ५ प्रतिशतले लाभांश बढाएको छ ।
संस्थाको हालको चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी २८ करोड २१ लाख रुपैयाँ पुग्ने छ । संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न पाउने छ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै संस्थाले वितरण गर्न सक्ने छ ।
संस्थाले हालसम्म वितरण गरेको लाभांश