Connect IPS
IME Life

कुमारी बैंकको मुनाफा १०.१९ प्रतिशतले घट्यो, व्याज खर्च बढ्दा खुद व्याज आम्दानीमा प्रभाव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंकको मुनाफा १०.१९ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको २०७८/७९ को पहिलो त्रैमाशिक अवधिमा कम्पनीले ५४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जवकी गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ६० करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो ।

बढ्दो निक्षेपको व्याजदर सँगै बैंकको व्याज खर्च बढ्दा खुद व्याज आम्दानी नै २.१९ प्रतिशतले गिरावट भएको छ । यस अवधिमा बैंकले एक अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा बैंकले एक अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको थियो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकले एक खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले खराव कर्जा १.४३ प्रतिशतबाट ०.८२ प्रतिशतमा झार्न सफल भएको छ ।

प्रतिशेयर आम्दानी २ रुपैयाँले घटेर १५ रुपैयाँमा खुम्चिएको छ । आधार व्याजदर भने गत वर्षको तुलनामा ८.४० प्रतिशतबाट ७.८८ प्रतिशतमा झरेको छ । चुक्ता पूँजी १३ अर्ब ७८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ९३ करोड रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS