काठमाडौं । सानिमा बैंकको साधारण सभा आज कार्तिक १४ गते हुने भएको छ । सभा असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको होे । बैंकले आम्रपालि ब्यांकेट बालुवाटारमा साधारणसभा गर्ने निर्णय गरेको छ ।
बैंकले प्रस्ताव गरेको लाभांश कार्तिक ६ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्ने भएका छन् । साधारणसभा प्रयोजनका लागि कार्तिक ७ गते एक दिन बुक क्लोज हुनेछ । बुक क्लोजको अघिल्लो दिन अर्थात कार्तिक ६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।
बैंकले प्रस्ताव गरेको १७ प्रतिशत बोनश शेयर बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाइसकेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।
प्रस्तावित बोनश शेयर वितरण पछि भने चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।