Connect IPS
IME Life

सरकारले आह्वान गर्यो नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत पदका लागि सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेको छ । अर्थमन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिले १५ दिन भित्रमा शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत बन्न इच्छुक नेपालीले आफ्नो योग्यता पुग्ने कागजपत्रका साथै व्यवसायिक कार्ययोजना समेत पेश गर्नु पर्नेछ । यस पदकालागि बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, बाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनु पर्ने छ । दरखास्त आवेदन सँगै तीन हजार रुपैयाँ दरखास्त दस्तुर तिर्नु पर्नेछ ।

Prabhu
Crest

नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकार अधिकृत पदबाट चन्द्र सिंह साउदले राजिनामा दिए पछि सो पद खालि छ । साउदले आफ्नो श्रीमतिको नाममा प्राथमिक शेयर निष्काशनको प्रकृयाँमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको खुलासा भए पछि राजिनामा दिएर बाहिरिएका थिए ।

यस प्रकरणमा जोडिएका नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई भने नेपाल सरकारले बर्खास्त गर्नु परेको थियो । उनको बर्खास्त पछि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि पनि सार्वजनिक सूचना आह्वान गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS