Connect IPS
IME Life

एभरेष्ट बैंकको इतिहासकै सर्वाधिक कम लाभांश, ६ प्रतिशत बोनश सहित ४.३२ प्रतिशत नगद

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले इतिहासकै सर्वाधिक कम लाभांश दिएको छ । दोस्रो बजारमा सबैभन्दा राम्रो लाभांश दिने बैंकले पछिल्लो दुई आर्थिक वर्षमा बैंकले १० प्रतिशत हाराहारीमै सिमित गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैंठकले ६ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लागि कर प्रयोजन सहित ४.३२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षमा ५ प्रतिशत बोनश शेयर र ५.५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकको नीति अनुसार पूँजी बृद्धि पछि बैंकको लाभांशदरमा ह्वात्तै कमि आएको छ । आर्थिक वर्ष २०७२/२०७३ मा ७३.६७ प्रतिशतसम्म लाभांश दिएको बैंकले पछिल्ला वर्षमा १० प्रतिशतमै सिमित गरिदिएको छ । पूँजी बृद्धि पछि बैंकको लाभांश दिन सक्ने क्षमता पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गर्ने नीति लिए सँगै बैंकले दुई वर्षदेखि औपचारिकताका लागि मात्रै लाभांश घोषणा गरिरहेको छ । गत वर्षको मुनाफाको आधारमा बैंकको लाभांश दिन सक्ने क्षमता २६ प्रतिशत छ । तर बैंकले १०.३२ प्रतिशत लाभांश दिएर बाँकी रकम जगेडा कोषमै सुरक्षित गरेको छ ।

नेपाल राष्ट्र बैंकले नगद लाभांशलाई खुकुलो गरे पछि मात्रै बैंकले लाभांशदर बढाउने देखिएको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि साधारणसभा बोलाउन सक्ने छन् । साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS