काठमाडौं । एनएमबि लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ५३ करोड ९८ लाख ४ हजार रुपैयाँको २१ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत १ दशमलव १३ प्रतिशत नगद लाभांश गरि कुल २२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।