Connect IPS
IME Life

दुई लघुवित्तको बोनश शेयरपछिको मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर पछिको शेयर मूल्य समायोजन भएको छ । यी दुई संस्थाको हिजो बुक क्लोज भएसँगै आज शेयर मुल्य समायोजन भएको हो । नेप्सेले स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनश शेयर पछिको शेयर मुल्य समायोजन गरी १ हजार २७२ रुपैयाँ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयर मूल्य १ हजार ५९० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

Prabhu
Crest

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई सभाले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २७ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै, नेप्समा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनश शेयर पछिको शेयर मुल्य समायोजन गरी १ हजार ५१९ रुपैयाँ ९२ पैसा शेयर मुल्य तोकेको छ । कम्पनीको हिजो विहीबारको अन्तिम शेयर मुल्य १ हजार ८९९ रुपैयाँ ९० पैसाको आधारमा मुल्य समायोजन भएको हो ।

आशा लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनश शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २७ गते साधारण सभा बोलाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS