IME Life

राष्ट्रिय बीमा संस्थानका सहायक प्रशासक श्रेष्ठ पदमुक्त, नियुक्ति कानुन सम्मत नभएको सरकारको ठहर

SPIL
NIC ASIA

काठमाडौं । अर्थमन्त्रालयले राष्ट्रिय बीमा संस्थानका सहायक प्रशासक कृष्ण कुमार श्रेष्ठको नियुक्ति कानुन सम्मत नदेखिएको भन्दै पद मुक्त गरेको छ । वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले श्रेष्ठको नियुक्ति नेपाल सरकार मन्त्रिपरिषदबाट हुनुपर्नेमा मन्त्रिस्तरबाट भएको हुँदा नियुक्ति कानुन सम्मत नदेखिएकोले सो पदमा निरन्तरता दिन नसकिने भन्दै पद मुक्त गरेको हो ।

Prabhu
Crest

असोज १९ गतेको मन्त्रिस्तरको बैठकले उनलाई निरन्तरता दिन नसकिने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयन गर्दै कान्यावन्य गर्ने पत्र भने कार्तिक १० गते मात्रै राष्ट्रिय बीमा संस्थानले बुझेको छ । श्रेष्ठलाई २०७८ असारमा सरकारले सञ्चालक समितिमा समेत प्रतिनिधित्व गर्ने गरि सहायक प्रशासकमा नियुक्ति दिएको थियो ।

उनि २०७६ फागुनमा ३४ वर्षे सेवा गरेर सह-व्यवस्थापक पदबाट अवकास भएका थिए । उनलाई सरकारले तीन वर्षका लागि नियुक्ति दिए पनि यस सरकारले तीन महिनामै पद मुक्त गरिदिएको हो । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सरकारले गर्ने व्यवस्था छ ।

३४ वर्षे सेवा अवधिको अन्तिम समयमा श्रेष्ठले कम्पनी सचिवको जिम्मेवारी सम्हालेका थिए । नेकपा ऐमाले निकट कर्मचारी संघठनमा सक्रिय राजनीति गरेका श्रेष्ठलाई नेपाल सरकारले अवसकास भएको झण्डै डेढ वर्ष पछि सहायक प्रशासकमा भित्र्याएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS