Connect IPS
IME Life

दुई कम्पनीको साधारण सभा आज, लाभांश पारित सहित के-के छन् अन्य एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज रिडी हाइड्रोपावर कम्पनी र सनाइज क्यापिटलको वार्षिक साधारण सभा हुँदैछ । सनराइज क्यापिटल लिमिटेडको ११औं वार्षिक साधारण सभा कम्पनीको कार्यालय कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने जनाएको छ । कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवतरण उपर छलफल गरी पारित गर्ने प्रस्ता पेश हुनेछ ।

Prabhu
Crest

त्यसैगरी सभामा २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा पशे गरी पारित गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २०औं वार्षिक साधारण आफ्नै केन्द्रीय कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजेबाट शुरु गर्ने जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियामक निकायले थप संशोधनको लागि निर्देशन दिएमा सो को लागि अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई प्राप्ति गर्ने बारे छलफल गर्ने, कम्पनीको उद्देश्य थप गर्ने गरी प्रवन्धपत्रको उद्देश्यसँग सम्बन्धित दफा संशोधनरथप गर्ने एजेण्डा पनि रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक २ गते ९एक दिन० बुक क्लोज गर्ने भएको छ । त्यसकारण कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS