Connect IPS
IME Life

एशियन लाईफ इन्स्योरेन्सको धादिङ शाखा उद्घाटन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी यस कम्पनीको ४३ औं शाखाको रुपमा मिति २०७८/०७/११ गतेदेखि संचालनमा ल्याएको छ ।

यस कम्पनीको संचालक समितिका अध्यक्ष  दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गर्दै बीमितको घरदैलोसम्म सहजरुपमा जीवन बीमा सेवा पु¥याउने रणनीति अनुरुप कम्पनीले शाखा संजाल बिस्तार गरिरहेको बताए ।

Prabhu
Crest

उद्घाटन कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत  दिनेश लाल श्रेष्ठ,नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, सहायक महाप्रबन्धक  लोकराज जोशी, क्लष्टर प्रमुख  ध्रुवराज लामिछाने, धादिङ शाखा प्रबन्धक प्रकाश ढुंगानाको साथै जीवन बीमा अभिकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

यस कम्पनीको कूल ४३ वटा शाखा र १०५ वटा उपशाखा संचालनमा रहेका छन् । आ.व. २०७८/७९ को असोज मसान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष करिब रु.२७ अर्ब ७५ करोड रहेको छ । यस कम्पनीले आ.व.२०७८/७९ को असोज मसान्तसम्ममा रु.१ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ |

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS