काठमाडौं । आइसीएफसी फाइनान्सले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।
उक्र शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय भाटभटेनी, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा उक्त शेयर अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले बताएको छ ।