काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर कात्तिक २३ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको १ लाख १३ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।
उक्त शेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले मंसिर १ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
बोलपत्र मंसिर २ गते अपरान्ह ४ बजे सानिमा क्यापिटल लिमिटेड, पुतलीसडक, काठमाडौंमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने कम्पनीले जनाएको छ ।