काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले २८औं वार्षिक साधारण सभा आज कात्तिक ११ गते गर्ने भएको छ । कम्पनीले कर्पोरेट अफिस, सिटी स्क्वेयर विल्डिङ, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो ३ः४५ बज सभा गर्ने जनाएको छ ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा अभौतिक माध्यम अर्थात भिडियो कन्फरेन्सबाट सम्पन्न गर्ने कम्पनीले बताएको छ ।
सभाले सञ्चालक समितिको सिफारिस बमोजिम २०७७/७८ सम्मको वितरण योग्य नाफाबाट प्रतिकित्ता शेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको अन्य प्रस्तावमा कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाको खर्चहरु पारित गर्ने, सर्वसाधाण शेयरधनीको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्ति गर्ने रहेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असोज २४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।