काठमाडौं । सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि कात्तिक १४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज कात्तिक १३ गते बिहीवारसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले १०औं वार्षिक साधारण सभा कात्तिक २८ गते हसने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडैंमा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले बताएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।