Connect IPS
IME Life

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । अर्थात यी दुई कम्पनीको शेयर आजसम्म किन्नेले प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

स्वरोजगार लघुवित्तले सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा आज कात्तिक ११ गतेसम्मका शेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Prabhu
Crest

संस्थाको १३औं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै वित्तीय संस्थालाई मर्जर वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने कम्पनीले जनाएको छ ।

त्यसैगरी आशा लघुवित्तले पनि सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १२ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तको पाँचौं वार्षिक साधारण सभा कात्तिक २७ गते हुने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा फल एन्ड ट्राउट भिलेज होटल, ककनी नुवाकोटमा बिहान १० बजेबाट शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गरी पारित गर्नेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने एजेण्डा छ । त्यस्तै, लेखा परिक्षकको प्रतिवेदन सहित २०७८ को असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७ /७८ को नाफा नोक्सान लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित हुनेछ ।

त्यस्तै, सभामा संस्थापक शेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS