Connect IPS
IME Life

माछापुच्छ्रे कृति क्यापिटलको साधारण सभा सम्पन्न, लाभांश लगायतका प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा एम्बेस्सी रेष्टुरेन्ट, पानीपोखरी, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर तथा ६ दशमलव ४ प्रतिशत नगद लाभांश ९कर सहित० गरी कुल १३ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभाले कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मर्चेण्ट बैंकिङ एशोसिएशन अफ नेपालको संयोजकत्वमा गरिएको खर्च अनुमोदन गर्ने प्रस्ताव पेश गरी पारित गरेको जनाएको छ ।

त्यसैगरी सभाले कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड कायम गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS