काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ०६ अंलके बढेर २,७६९ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर कम्पनी र उत्पादनमुलक बाहेक सबै उपसूचक बढेका छन् । आज १११ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ६९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २२८ वटा कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको ४३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आइसीएफसी फाइनान्स कम्पनीको २० करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । फाइनान्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ६८ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले ७ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । गुह्रेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एभरेष्ट बैंकका संस्थापक शेयरधनीले ५ दशमलव २४ प्रतिशतका दरले गुमाएका छन् । रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।