काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक सुख चन्द्र झा उमेर हदका कारण पदमुक्त भएका छन् । अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्र अनुसार गत असोज १९ गतेको मन्त्रीस्तरको निर्णय अनुसार उनलाई संचालक समितिको सदश्य पदबाट मुक्त गरिएको हो । उनि सँगै रमेश रानालाई पनि सरकारले पदमुक्त गरेको छ ।
राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याललाई अर्थमन्त्रालयले मन्त्रालयमै तानेपछि उनले नेपाल पुनर्बीमाको सञ्चालक पदबाट राजिनामा दिएका छन् । त्यस्तै खाली भएको अध्यक्ष पदमा सरकारले बीमा विज्ञ डा. रविद्र घिमिरेलाई नियुक्त गरेको छ । सरकारले अझै पनि विज्ञ सञ्चाललाई नियुक्त गर्न सकेको छैन । कम्पनीको सञ्चालक समितिमा चार सञ्चालक पद खाली भएको छ ।