IME Life
GBIME

माछापुच्छ्रे कृति क्यापिटलको साधारण सभा आज, प्रस्तावित लाभांश पारित गर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज कात्तिक १० गते हुने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा एम्बेस्सी रेष्टुरेन्ट, पानीपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरु हुने क्यापिटलले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर तथा ६ दशमलव ४ प्रतिशत नगद लाभांश ९कर सहित० गरी कुल १३ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

सभाको कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मर्चेण्ट बैंकिङ एशोसिएशन अफ नेपालको संयोजकत्वमा गरिएको खर्च अनुमोदन गर्ने प्रस्ताव पेश गरी पारित गर्ने जनाएको छ ।

त्यसैगरी सभाले कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे क्यापिटल लिमिटेड कायम गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS