काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढेको छ । आज ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कामना सेवा विकास बैंकको कारोबार भएको छ । बैंकको ४४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नविल बैंकको ३४ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको २४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।