काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाखको आधारमा १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश गरि कुल १३ दशमलव ७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।