काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको वार्षिक साधारण सभा मंसिर ६ गते हुने भएको छ । सभा काठमाडौं महानगरपालिका वडा नम्बर १०, काठमाडौंमा अपरान्ह्र १२ः३० बजे गर्ने जनाएको छ ।
कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा विद्युतिय माध्यमबाट शुरु हुने समेत कम्पनीले जानकारी गराएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, कम्पनीको नियमावलीको नियम २७ र २८ संशोधन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।