काठमाडौं । नेपाल बैंकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाखको आधारमा १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ३ प्रतिशत नगद लाभांश गरि कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।