पर्वत । पर्वतको जलजला गाउँपालिका ८ लस्तीका एकजना क्यान्सर राेग पिडितलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग बापतको रकम हस्तान्तरण गरेको छ ।
पुतली परियारलाई घातक राेग सुबिधा वापतको पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएको कम्पनीले बताएको छ । आन्द्राको क्यान्सर संग लडिरहेकी पैंतालीस वर्षिय परियारलाई पाँच लाखको चेक उनकै घरमा पुगेर हस्तान्तरण गरेको कम्पनिका बेनि उपशाखा प्रमुख प्रकाश रेग्मिले बताए ।
अभिकर्ता सृजना बिक काे सहजिकरणमा परियारले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबाट बिगत दुई बर्ष पहिले रु ५ लाखकाे घातक राेग सुबिधा सहितकाे बिमा खरिद गरेकी थिइन ।
सो अवसरमा बेनि उपशाखा प्रमुख प्रकाश रेग्मीले उपस्थित स्थानियलाई जिवनबिमा गर्दा हुने फाइदाको बारेमा जानकारी गराएका थिए ।