काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले असोज ७ गतेदेखि १४ गतेसम्म विक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले संस्थापक समूहको ३ लाख ३० हजार कित्ता र सर्वसाधारण समूहतर्फको ३२ लाख २९ हजार ७२४ कित्ता शेयर खरीदका लागि बोलपत्र आह्वान गरेको थियो ।
उक्त समयमा प्राप्त बोलपत्रहरु असोज २२ गते कम्पनीको विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिएको जनाएको छ ।
सर्वसाधारणतर्फ २२५ दशमलव १० का दरले बोलपत्र पेश गरेकाहरुलाई माग बमोजिम र २२५ का दरले बोलपत्र पेश गरेकाहरुलाई समानुपातिक रुपमा बाँडफाँड गरिएको छ ।
बाँडफाँडमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी आइतवारदेखि आवेदकले बोलपत्र फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाहरुको खातामा जम्मा गरेको कम्पनीले बताएको छ ।