काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कात्तिक २६ गते हुने भएको छ । सभा सांकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिे प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको १६ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र क्यापिटललको नाफा, नोक्सान, हिसाव वासलात तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।
त्यसैगरी सभाले २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।