काठमाडौं । महिला लघुवित्तको लाभांश परिमार्जन भएको छ । कम्पनीले बोनश शेयर बढाएको छ । कम्पनीले यस अघि ४५ प्रतिशत बोनश र ५ प्रतिशत नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकले निर्देशन दिए अनुसार अब कम्पनीले बोनस दर बढाएर ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको आज बिहान बसेको कम्पनीको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ७७/७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछन् ।