काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको बोनश शेयर पछिको मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको छ । समायोजन पछि मुल्य ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य ३६८ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ शुक्रवारदेखि कात्तिक १६ गतेसम्म बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।