Connect IPS
IME Life

सिबिआईएल क्यापिटलको साधारण सभा आज हुँदै, २५% लाभांश पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिबिआईएल क्यापिटलको १५औं वार्षिक साधारण सभा आज कात्तिक ५ गते हुने भएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा दिनको ११ बजे शुरु गर्ने क्यापिटलले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत (कर सहित) का दरले हुन आउने ५ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव लगायतका प्रस्ताव पारित गर्नेछ ।

क्यापिटलले साधारण सभा र लाभांश प्रयोजनका लागि असोज २० गते ९एक दिन० बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण असोज १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS