काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । अपि पावरले १ बराबर शून्य दशमलव ३९३६ कोअनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि निवेदन दिएको हो ।
त्यस्तै, नेपाल फाइनान्सले १ बराबर शून्य दशमलव ७० को अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो ।
अपि पावरले असोज २५ गते र नेपाल फाइनान्सले कात्तिक १ गते बोर्डमा निवेदन दिएका हुन् ।
नेपाल फाइनान्सको हकप्रद शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, अपि पावर कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।