IME Life
GBIME

हिमालयन रि-इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभाको मिति परिवर्तन,अब कहिले ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कात्तिक २६ गते हुने भएको छ । यस अघि कार्तिक १२ गते हुने भनिएको साधारण सभा काबु बाहिरका परिस्थितीका कारण स्थगित हुन गएकोमा उक्त सभा अब कार्तिक २६ गते होटल अलफ्ट, ठमेल, काठमाडौंमा अपरान्ह्र ५ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभामा सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पेश हुनेछ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

Crest

त्यसैगरी सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्योजन गर्ने र संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृकति गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित हुनेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS