काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले संस्थापक शेयरधनी समूहको शेयर संरचना परिवर्तन गर्ने भएको छ । बैंकले हाल कायम रहेको संस्थापक शेयरधनीको समूहको ५३ दशमलव ४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिवर्तन गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।
कम्पनीले शेयर संरचना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको छ । कम्पनीले संस्थापक शेयरधनीले आफ्नो शेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने वा सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र केन्द्रीय कार्यालय पुतलीसडकमा सम्र्पक गर्न बैंकले आग्रह गरेको छ ।