Connect IPS
IME Life

आजसम्म शेयर किन्नेले रैराङ हाइड्रोपावरको १२.६% लाभांश पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

कामठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कात्तिक ४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा आज कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले १८औं वार्षिक साधारण सभा कात्तिक १७ गते गर्ने भएको छ । कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

कम्पनीले आफ्नै केन्द्रिय कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजे सभा शुरु हुने जानकारी दिएको छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभा भर्चुअल माध्यमवाट शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, यस कम्पनी रिडी हइड्रोपावरसँग गाभिने भएकाले सो सम्बन्धी प्रस्ताव पारित गर्ने, मर्जर सम्बन्धी प्रस्तावहरु स्वीकृति तथा अभिलेखको लागि पेश गर्दा नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन, परिमार्जन गर्न निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS