IME Life
GBIME

१० प्रतिशत धनी अमेरिकीको हातमा पूँजी बजारको ९० प्रतिशत हिस्सा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । दुई वर्ष यता जारी कोभिड १९ महामारीका कारण अमेरिकामा सम्पत्तिको असमान वितरणलाई झनै बढाएको छ । फेडरल रिजर्भले सार्वजनिक गरेको तथ्यांक अनुसार कोभिड महामारीपछि शेयर बजारमा भएको उतारचढावका बीच १० प्रतिशत अमेरिकीको हातमा पूँजी बजारको ८९ प्रतिशत हिस्सा नियन्त्रणमा पुगेको छ ।

स्थानीय संचारगृह सिएनबिसीका अनुसार शेयर बजार, मार्च २०२० को गिरावटपछि लगभग दोब्बर भएको छ र जनवरी २०२० देखि लगभग ४० प्रतिशत माथि उक्लिएको छ । महामारीको समयमा सीमित व्यक्तिले दोश्रो बजारमा सस्तोमा शेयर उठाएर अहिले उच्च पूँजी वृद्धि९क्यापिटल गेन०को फाइदा उठाएका छन् ।

Crest

यसबाहेक शीर्ष १ प्रतिशतले कोविड १९ महामारीको समयमा संस्थागत शेयर लगानी र सामूहिक लगानी कोषमा ६.५ ट्रिलियन अमेरिकी डलर भन्दा बढी कमाएका छन् । अझ चाखलाग्दो के छ भने तल्लो ९० प्रशितले १।२ ट्रिलियन डलर मात्र सम्पत्ति थपेका छन् ।

फेडरल रिभर्जका अनुसार शीर्ष १० प्रतिशतले खरिद गरेको शेयरको मूल्य जनवरी २०२० र जुन २०२१ बीचको अवधिमा ४३ प्रतिशतले बढेको छ । तर तल्लो ९० प्रतिशतको बीचमा ३३ प्रतिशतले मात्र वृद्धि भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS