काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन तथा विक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा असोज २० गते निवेदन दिएको हो । कम्पनीले आइपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरिसकेको छ ।
लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको ६० हजार कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो ।
अब उक्त आइपीओ नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपछि निष्काशन हुनेछ ।