काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।नेपाल राष्ट्र बैंकले दुई लघुवित्तलाई एक आपसमा प्राप्तीका लागि कात्तिक १ गते अन्तिम स्वीकृति दिएको हो ।
जसअनुसार दुवै कम्पनीले आ-आफ्नो साधारण सभाबाट पारित गरे बमोजिम आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्तलाई १००: ८४ शेयर स्वाप कायम हुने गरी प्राप्ति गर्न लागेको हो ।
प्राप्ति पछि कम्पनीको केन्द्रीय कार्यालय काभेपलाञ्चोकको बनेपा नगरपालिका १० मा रहने छ । कम्पनीको नाम भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था नै रहने जनाएको छ ।