काठमाडौं । शेयर बजार लगातार तल झर्दा पनि बैंक वित्तीय संस्थाहरु लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका छन् । कारोबार रकमका हिसावले हेर्ने हो भने सबैभन्दा धेरै नविल बैंकको रहेको छ । आज नविल बैंकको शेयर मूल्य १४ रुपैयाँले घटे पनि ९ करोड ८९ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।
त्यस्तै सानिमा बैंकको पनि दोस्रो धेरै कारोबार भएको छ । सर्वाधिक धेरै कारोबार हुनेमा क्रमश हिमालयन डिष्ट्रिलरी, अपि पावर, नेपाल बैंक, मेगा बैंक, जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छन् ।
आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर मूल्य ११ रुपैयाँले बढेको छ । त्यस्तै साल्ट ट्रेडिङको पनि ८३ रुपैयाँले बढेको छ । कारोबार संख्या तथा टप गेनरमा म्युचुअल फण्डको संख्या धेरै छ ।