IME Life
GBIME

बोनस पारित गर्न गुराँस लघुवित्तले बोलायो साधारणसभा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गुराँस लघुवित्त वित्तीय सँस्था लिमिटेडले  छैठौ बार्षिक साधारणसभा गर्ने भएको छ। असोज ३१ गते बसेको संचालक समितिको १०३ औं बैठकले कात्तिक २२ गते सोमबार साधारणसभा बोलाएको छ ।

गत आर्थिक बर्षको प्रस्तावित लाभांश स्वीकृत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने , अन्य लघुवित्तलाई प्राप्ति तथा मर्जरको लागि अख्तियारी दिने, लगायतका एजेन्डाहरु साधारणसभामा प्रस्तुत गर्नेछ ।

Crest

लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट १६।९० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।८९ प्रतिशत नगद गरि कुल १७।८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

साधारणसभाले संस्थापक समुहबाट चार जना संचालक निर्वाचन तथा मनोनित गर्ने एजेण्डा पनि रहेको छ ।

साधारणसभा प्रयोजनार्थ लघुवित्तले कात्तिक ८ देखि २२ गतेसम्मका लागि बुक क्लोजको मिति तय गरेको छ।  कात्तिक ७ गतेसम्म कायम सेयरधनीधरुले  लघुवित्तको साधारणसभामा भाग लिन, लाभांश प्राप्त तथा मतदानमा भाग लिन सक्नेछन।

हाल लघुवित्तको चुक्तापुंजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ। बोनस सेयर वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९ करोड ७५ लाख पुग्नेछ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS