Connect IPS
IME Life

रिलायन्स लाईफले‌ ल्यायो हर वर्ष नगद वर्षा हुने बीमा योजना, के छ विशेषता ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । रिलायन्स लाईफ इन्स्योरेन्सले जीवन बीमा योजना ‘वार्षिक धन वर्षा’ प्रचलनमा ल्याएको छ । यस बीमा योजना अन्तर्गत बीमितले प्रत्येक वर्ष बीमांकको ५ प्रतिशत रकम अग्रिम भुक्तानीवापत प्राप्त गर्ने सुविधा रहेको छ ।

कम्पनीले १५ र २० वर्षे अवधिको मात्र यो जीवन बीमा योजना प्रचलनमा ल्याएको छ। १५ वर्षे जीवन बीमामा बीमा शुरु भएको १ वर्षपछि प्रत्येक वर्ष बीमांकको ५ प्रतिशतको दरले रकम भुक्तानी दिइने र बीम अवधिको समाप्तीमा बाँकी रहेको बीमांकको रकम र आर्जित बोनश एकमुष्ठ भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।

Prabhu
Crest

त्यसैगरी २० वर्षे अवधिको वार्षिक धन वर्षा जीवन बीमामा बीमांक रकम अग्रिम भुक्तानी र आर्जित बोनश बाहेक बीमा अवधिको समाप्तीमा बीमांकको थप १० प्रतिशत रकम अतिरिक्त भुक्तानी गरिने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । अन्य कम्पनीले प्रचलनमा ल्याएको वार्षिक धनलाभ बीमामा बीमांकको ५ प्रतिशतको दरले फिर्ता र आर्जित बोनश रकम मात्र दिने प्रावधान रहेकोमा रिलायन्स लाईफले प्रचलनमा ल्याएको यस बीमा योजना अन्तर्गत २० वर्षे अवधिको बीमामा थप १० प्रतिशत रकम भुक्तानी गर्ने अतिरिक्त विशेषता रहेको छ ।

बीमा अवधि भित्र बीमितको मृत्यु भएको अवस्थामा इच्छाएको व्यक्तिलाई बीमांक रकम र आर्जित बोनश एकमुष्ठ प्रदान गरिने रिलायन्स लाईफ इन्स्योरेन्सले जानकारी दिएको छ । न्यूनत्तम १ लाख रुपैयाँ बीमांकदेखि शुरु हुने यो जीवन बीमा १८ देखि ५५ वर्ष उमेर समूहको लागी उपलब्ध छ । यस बीमा योजनामा बीमितले अतिरिक्त सुविधावापत दुर्घटना मृत्यु लाभ, स्थायी अशक्तता, बीमाशुल्क मिनाहा समेत समावेश गर्न सक्ने विकल्प उपलब्ध रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS