काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सले १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८ सय रुपैयाँको १० प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै वितरण हुनेछ ।