किर्तिमानी आरोही मेस्नरको लोत्से हिमाल आरोहण
इटालीका आरोही रेनहोल्ड मेस्नरले नेपालको चौथो ठूलो हिमाल माउन्ट लोत्से आरोहण गरेका थिए । मेस्नर नेपालका सबै आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने पहिलो आरोही हुन् ।
चीनको पहिलो आणविक परीक्षण
सन् १९६४ मा चीनले लोप नुर भन्ने स्थानबाट पहिलो आणविक परीक्षण गरेको थियो । ची–१ नाम दिइएको परमाणु शक्तियुक्त उपकरणबाट २२ किलो टन युरेनियम बिस्फोट गराइएको थियो । यो परीक्षणसँगै अमेरिका र रसियापछि चीन विश्वको तेस्रो आणविक सम्पन्न राष्ट्र बनेको थियो ।
खाद्य तथा कृषि संगठन
सन् १९४५ मा क्यानडाको क्युवेकमा राष्ट्रसंघको खाद्य तथा कृषि संगठन स्थापना भएको थियो ।
वाल्ट डिस्ने स्थापना
सन् १९२३ मा अमेरिकाका दुई दाजुभाइ वाल्ट र रोयले वाल्ट डिस्ने कम्पनी खोलेका थिए । मनोरन्जन दिने उद्देश्यले खोलिएको यो कम्पनी अहिले कार्टुन र एनिमेटेड मुभीको पर्यावाची बनेको छ ।
न्युज कारखाना