काठमाडौं। भारतले कोरोनाविरुद्धको खोपको निर्यात शुरु गरेको छ। भारतीय विदेश मन्त्रालयले छिमेकी मुलुकहरुमा खोप निकासी गरेर निर्यात शुरु गरिएको जानकारी दिएको छ।
नेपाल, बंगलादेश र म्यानमारको साथै इरानमा खोपको निर्यात गरिएको हो। विश्वको प्रमुख खोप उत्पादक मुलुक भारतले गत चैतबाट आन्तरिक अभाव देखाउँदै खोप निर्यातमा रोक लगाएको थियो।